घट्यो सुन र चाँदीको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९० हजार ९ सय रुपैयाँमा झरेको छ।

सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया