पहिरोमा परि हुम्लामा दुई सय भेडा/बाख्रा मरे

सुर्खेत। हुम्लामा पहिरोमा परि २ सय भेडा/बाख्रा मरेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षका कारण आएको पहिरोले आइतबार बेलुका भेडा/बाख्रा मरेका हुन्।

हुम्ला चंखेली गाउपालिका–६ लामापाटन लेकमा चराउँन लगेको समयमा पहिरोमा परि मरेका हुन्। उक्त भेडा/बाख्रा सोही ठाउँका सिद्धबहादुर हमाल, मदन शाही र मेघे शाहीका रहेका छन्। साथै अन्य मानवीय क्षेती नभएको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया