कर्णालीमा १ हजार ४ सय ३ मतदान केन्द्र कायम

सुर्खेत । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चार सय तीन मतदान केन्द्र कायम गरिएको छ। सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेका छन्।

सल्यानमा दुई सय दुई मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थलको सङ्ख्या एक सय १७ रहेको छ। यस्तै, डोल्पामा ६६ केन्द्र, ६६ स्थल रहेका छन्। मुगुमा ६६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ । जुम्लामा एक सय ६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ।जुम्लामा एक सय ६ केन्द्र रहेका छन्।

यस्तै, कालिकोटमा एक सय २३ केन्द्र र एक सय ३ स्थल कायम गरिएको छ। हुम्लामा ५९ केन्द्रमा ५८ वटा स्थल, जाजरकोटमा एक सय ४२ केन्द्र रहेकामा ८८ स्थल, दैलेखमा दुई सय सात केन्द्र रहेकामा एक सय ३९ स्थल कायम गरेको निर्वाचन आयोगले जनाएको छ।

सुर्खेतमा दुई सय ९३ केन्द्र र एक सय ३९ स्थल कायम भएको छ। रुकुम पश्चिममा एक सय ३९ केन्द्र र ७६ स्थल रहेका छन्। कर्णालीमा जम्मा मतदान स्थल नौ सय ३३ र मतदान केन्द्र एक हजार चार सय तीन कायम गरेको आयोगले जनाएको छ। यस प्रदेशमा २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र १२ वटा प्रतिनिधिसभा क्षेत्र छन्। यहाँ महिला र पुरुष गरी १० लाख आठ हजार तीन सय चार जना मतदाता छन्।

तपाईको प्रतिक्रिया