वीरेन्द्रनगरमा मोटरसाइकल र अटो एकआपसमा ठोकिँदा एक घाइते

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकल र अटो एकआपसमा ठोकिँदा एक जना घाइते भएका छन्।

मंगलबार बेलुका वीरेन्द्रनगर नगरपालिका–३ गोकुल कटेज नजिक एरिचोकबाट मंगलगढी चोकतर्फ जाँदै गरेको अटो र सोही दिशाबाट गएको मोटरसाइक ठोक्किएका हुन्।

भे १ ह ६८२४ नम्बरको अटो बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट जाँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ०५१५ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालक सुरेश चन्द घाइते भएका प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार चन्दको हातखुट्टा र टाउँकोमा चोट लागेको र कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ।

साथै अटो चालक लक्ष्मण चौधरीलाई प्रहरील नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया