दैलेखबाट अवैध काठसहित एक पक्राउ

सुर्खेत । दैलेखमा अवैध काठसहति प्रहरीलाई एक जनालाई पक्राउ गरेको छ। बुधबार साँझ साढे १० बजेको समयमा प्रहरीले काठसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दुल्लु नगरपालिका–७ खेत गाउँका २३ वर्षीय डम्मरबहादुर कार्की रहेका छन्। कार्कीले कर्णाली प्रदेश ०२–००१त०२०४ नम्बरको ट्याक्टरमा ६५ थान उत्तिस जातको काठ दुल्लु–७ मंगरी गाउँदेखि चाँदनी चोक बजारतर्फ लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरी टोलिले पटाङ्गीनी चोकबाटउक्त काठसहित कार्कीलाई नियन्त्रणमा लिएको र आवश्यक कारबाहीको लागी ईलाका वन कार्यालय दुल्लु दैलेखसँग समन्वय गरेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया