रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु

रुकुमपूर्व । रुकुमपूर्वमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ। जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बिहीबार दिउँसो साढे २ बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए।

मृत्यु भएकाहरूको भने परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए ।

१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया