कालीकोटमा लडेर पुरुषको मृत्यु

सुर्खेत । कालीकोटमा लडेर पुरुषको मृत्यु भएको छ। जिल्लाको नरहरीनाथ गाँउपालिका–२ ओटगाउँका सन्दिप बिष्टको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

कामको सिसिलामा भारत गएका र घरफर्किने क्रममा सोही पालिकाको १ नम्बर वडा भैतोला भन्ने स्थानमा सडकबाट लडेका थिए। प्रहरीकाअनुसार उनि सडकबाट लडेर करिब एक सय ५० मिटर तल खस्न गई मृतयु भएको हो।

सन्तोस लडेको खबर उनका भाई नाता पर्ने सुसिल बिष्टले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराए पश्‍चात ६ जनाको प्रहरी टोलीले उद्वार गरेको थियो।

तपाईको प्रतिक्रिया