वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार बिहान ४ बजे प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो।

आइतबार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०२–००१ प ०९९० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भे–६–प–३८९० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धूलयाबिट नजिक दुर्घटना भएको हो।

थारु भेरीगंगाको छिन्चुदेखी सुर्खेततर्फ आउदै गरेका थिए। थारुले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते भएकि छन्। उनको शरीरमा विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेकि प्रहरीले बताएको छ।

यस्तै, भे-६-प- ३८९० नम्बरको मोटरसाइकल चालक गणेश खड्का पनि घाइते भएका छन्। उनको पनि हात खुट्टा र शरीरमा चोट लागेको छ।

दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया