वीरेन्द्रनगरमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दियो

चालकका ३ वटा दाँत झरे

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको छ। वीरेन्द्रनगर नगरपालिका–४ निर्भाना होटल नजिक मुलपानी चोकबाट एरिचोकतर्फ जाँदै गरेको मोटरसाइकले यात्रीलाई ठक्कर दिएको हो।

प्रहरीकाअनुसार बा ३६ प ४२६७ नम्बरको मोटरसाइकलले पैदल यात्री हुम्लाको खार्पुनाथ गाँउपालिका–४ की सुस्मिता शाहीलाई ठक्कर दिँदा दिएको हो।

ठक्करबाट सुस्मिताको शरीरमा भित्री चोट लागेर सुर्खेत अस्पतालमा उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ।

चालक सर्लाही जिल्लाको रामनगर गाँउपालिका–८ का दिप गुप्ता गरेका छन्। उनले चलाएको मोटरसाइकले पैदल यात्री सुस्मितालाई ठक्कर दिँदा गुप्ताको अगाडीको ३ वटा दाँत झरेको छ।

साथै उनले हात घुँडामा चोट सामान्य रहेकमो र सोही मोटरसाइकल पछाडी सवार सर्लाही रामनगर गाँउपालिका–८ कै नबिन शाहको दाहिने हातमा चोट गालेको र दुवै जनाको कर्णली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया