अनलाइन सपिङ : ड्रोन क्यामरा अर्डर गर्दा प्राप्त भयो आलु

काठमाडौं । अनलाइन सपिङ प्लाटफर्महरुबाट सामान खरीद गर्दा कहिलेकाहीँ अचम्मै हुन्छ। एउटा चिज खरीद गरिएको हुन्छ तर डेलिभरी अर्कै चिजको हुन्छ।

हालै एकजना व्यक्तिले इ कमर्श प्लाटफर्मबाट ड्रोन क्यामरा अर्डर गर्दा आलु प्राप्त भएको छ।

भारतको बिहारस्थित नालन्दामा यो घटना भएको बताइएको छ। त्यहाँका एक युवकले Meesho Pkaf6 DJI को ड्रोन क्यामरा अर्डर गरेका थिए। अर्डर बमोजिम उनको घरमा एउटा प्याकेट आयो।

जब उनले उक्त प्याकेट खोलेर हेरे त्यसमा ड्रोन क्यामरा नभै आलु राखिएको थियो। ड्रोन खरीद गर्दा बिक्रेताले आलु डेलिभर गरेको भिडियो सोसल मिडियामा निकै भाइरल बनेको छ।

यो घटना सार्वजनिक भएसँगै सपिंग एप मीशोले यस विषयमा छानबिन गरिरहेको जनाएको छ। साथै ड्रोन खरीद गरेर आलु पाएका युवकको पैसा फिर्ता गर्ने प्रक्रिया सुरु गरेको पनि बताएको छ।

यद्यपि अनलाइनमा सपिंग गर्दा हुने यस्ता घटना नौला होइनन्। हालैमात्र भारतमा एकजना व्यक्तिले फ्लिपकार्टबाट ल्यापटप अर्डर गर्दा एक बक्स साबुन प्राप्त गरेका थिए।

तपाईको प्रतिक्रिया