बर्दियामा बियरको बोत्तल प्रहार गरी छोराका हत्या गर्ने बाबु पक्राउ

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाका एक बाबुले आफ्नै छोरालाई बियरको बोत्तल प्रहार गरी हत्या गरेका छन्।

बुधबार आपसी विवादमा भनाभन हुँदा बारवर्दिया नगरपालिका वार्ड नम्बर ११ विजयनगर बस्ने वर्ष ४८ का लौरंगलाल थारुले आफ्नो सहोदर नाता पर्ने छोरा वर्ष २० को विवेक चौधरीलाई फुटेको बियरको बोत्तलले पेटमा प्रहार गरेका थिए।

बोत्तल प्रहारबाट शक्त घायते भएका विजयको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

छोराको मृत्यु प्रश्चात फरार रहेका थारुलाई आज जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाको टोलीले गुलरिया नगरपालिका वार्ड नम्बर ११ इन्द्रपुर गाउँमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए।

तपाईको प्रतिक्रिया