वीरेन्द्रनगरको ब्युरेनीमा पहिरोले स्कुटर पुर्यो, दुई घाइते

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको ब्युरेनीमा पहिरोले स्कुटरलाई पुरेको छ। सुर्खेत–कोहोलपुर सडक अन्तरर्गत रत्न राजमार्गको सुब्बाकुना नजिक ब्युरेनीमा गुडिरहेको स्कुटरमा माथिबाट पहिरो खस्दा पुरिएको हो।

कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटर वीरेन्द्रनगरबाट भेरी नदीतर्फजाँदै गर्दा पहिरोले पुरिएको र स्कुटरमा सवार दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा वीरेन्द्रनगर नगरपालिका–४ का २९ वर्षको कमल पन्त र २५ वर्षका सुरेश नेपाली रहेका छन्। उनिहरुको टाउँको र पाखुरामा हल्का चोट लागेको छ भने शारीरिक अवस्था सामान्य रहेको छ।

हाल दुवै जनाको सुर्खेत अस्पतालमा उपचार भईरहेको विष्टले जानकारी दिए।

प्रहरीका अनुसार स्कुटर शुक्रबार दिउँसो साढे १ बजेतिर पुरिएको र हालसम्म स्कुटर पहिरोमै रहेको छ।

सडक पुरै अवरुद्ध भएको छ भने सुर्खेतबाट बाहिरने र भित्रिने सवारी साधानहरु ठप्प भएका छन्।

साथै उक्त पहिरो डोजरले हटाउँने काम जारी रहेको र सडक डिभिजन कार्यालय सुर्खेतबाट भाडामा भएपनि डोजर पठाउँने तयारी भएको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया