छिन्चु–सुर्खेत सडक अवरुद्ध, खुल्न २ घण्टा लाग्ने

सुर्खेत । रत्न राजमार्ग अन्तरर्गत पर्ने छिन्चु–सुर्खेत सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। बुधबारदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

जिल्ला ट्रफिक कार्यालय सुर्खेतले उक्त पहिरो हटाएर सडक सुचारु गर्न अझै दुई घण्टा लाग्ने जनाएको छ। सुर्खेत भित्रिने र बाहिरने यात्रुहरुलाई बाटो खुल्न दुई घण्टा लाग्ने ट्राफिक प्रहरीले सुचना दिएकाे छ।

यस्तै, जिल्ला ट्रफिक कार्यालय सुर्खेतले अविरल वर्षका कारण सडक माथिबाट खसेको पहिरोको छिन्चु–जाजरकोट सडक, रातानाग्ला धरमपोखरा सडक, सुर्खेतको बराहताल गाउँपालिका बड्डिचौर एरियाको कल्यान काध नजिक पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।

प्रहरीका अनुसार अवरुद्ध सबै ठाउँको सडक खुलाउँने काम जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया