कालीकोटमा पहिरोले घर भत्किँदा एकै परिवारका पाँच जना बेपत्ता

१६ पशुचौपाय पनि बेपत्ता

सुर्खेत । कालीकोटका पहिरोले घर भत्किँदा एकै परिवारका पाँच जनासँगै १६ पशुचौपाय बेपत्ता भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको तिलागुफा नगरपालिका–७ बालीगाउँमा पहिरो जाँदा एकै परिवारका पाँच जना बेपत्ता भएका हुन्।

स्थानीय ध्रुवराज विष्टको पहिरोले घर भत्किँदा एकै घरका पाँच जनाको परिवार नै बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार बिहान साढे १० बजे घरमाथिबाट खसेको पहिरोले घर भत्किँदा ४२ वर्षीया ध्रुवराज विष्ट, उनकी ३५ वर्षीया पत्नी ममता विष्ट, १५ वर्षीय छोरा भरत विष्ट, १३ वर्षीय कृपेश विष्ट र ११ वर्षीया छोरी ज्यानी विष्ट बेपत्ता भएका छन्।

उक्त ठाउँमा घर माथीबाट आएको पहिराले ध्रुवराजका दुई घर र छिमेकीको घर पनि पहिरोले बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

घटनास्थलमा ८ जनाको प्रहरी टोली खटिएको र निरन्तर परेको वर्षाका कारण बेपत्ता भएकाहरूको खोजी गर्न कठिनाइ भएको प्रहरीले भनाई रहेको छ।

यस्तै, धुर्वराज विष्टको दुई वटा भैंसी, दुईवटा गोरु, दुई गाई र दुई बाख्रा गरि जम्म ८ वटा पशु पनि बेपत्ता भएका छन् भने उपेन्द्र विष्टको दुई वटा गोरु, दुई गाई, दुई बाख्रा र २ बाच्छागरि ८ वटा पशुचौपाय बेपत्ता भएका छन्। बुधबारदेखि लगातार परेको अविरल वर्षका कारण कर्णालीका १० वटै जिल्लाको जनजीवन प्रभावित बनेको छ।

तपाईको प्रतिक्रिया