सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा समाजवादीले गर्यो उम्मेदवारी दर्ता

सुर्खेत । चुनावी गठबन्धन दलहरुबीच टिकटको भागबण्डा सुर्खेतमा एक सिट पनि नपाएको समाजवादीले उम्मेदवारी दर्ता गरेको छ।

नेकपा (एकीकृत समाजवादी)का दुई नेताले सुर्खेतका दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका हुन्।

समाजवादी सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवाल र सुर्खेत कमिटी इन्चार्ज तथा केन्द्रीय कमिटी सदस्य शिवप्रसाद उपाध्यायले प्रदेश सभामा उम्मेदवारी दिएका छन्।

बडुवालले सुर्खेत–२ प्रदेश सभा (ख) मा उम्मेदवारी दिएका छन् भने उपाध्यायले सुर्खेत क्षेत्र नम्बर–२ कै (क) बाट उम्मेदवारी दिएका छन्।

तपाईको प्रतिक्रिया