स्वीजरल्यान्डले दियो एक सय बढी देशका ३५ लाखको बैंक खाता विवरण

एजेन्सी । स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराएका छन्। उक्त देशको संघीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण ती देशलाई उपलब्ध गराएको हो।

कर अनुशासन सुधार गर्न तथा सम्भावित छली रोक्न भारत र स्वीजरल्यान्डबीच सन् २०१८ मा बैंक खाता विवरण साझा गर्ने सम्बन्धमा द्विपक्षीय सहमति भएको थियो।

उक्त सहमतिअनुसार स्वीजरल्यान्डले उक्त विवरण भारतलाई उपलब्ध गराएको हो। स्वीजरल्यान्डले यसअघि तीनपटक वित्तीय विवरण भारतलाई उपलब्ध गराइसकेको छ।

सरकारी अधिकारीहरूका अनुसार प्राप्त विवरणबाट विदेशस्थित बैंकमा खोलिएको खाताको विवरणबारे सम्बद्ध निकायलाई खातावालाले दिएको जानकारी वास्तविक भएनभएको निर्क्योल गर्न तथा कर अनुशासन कायम गर्न कर अधिकारीहरूलाई सहज हुनेछ।

तपाईको प्रतिक्रिया