आयो चुनाव पाँच वर्षको आउँछन् जलारी।
बल्छीमा चारो देखाई खान्छन् माछा मारी ॥
बलिको चारोको लोभले ज्यान नफाल्नु ।
संसदीय प्रणालीमा आफ्नै खुट्टा चाल्नु ॥
नत्र भने खैर छैन् बुझेर मात्र भोट हाल्नु ।
जाग्गाभै वस्तु नेपाली भोट खेर नफाल्नु ।।
सामान्त दलाल खाने कसरि ऋण तिर्नु ।
भोट दिएर नेपालीले पर्छ विदेश छिर्नु ।।
के दिएर के दिने हुन कर उठाई खाने हुन् ।
देश बेचि खानका लागि सत्तामा जाने हुनु ।।
भोट दिएको भोलि पल्ट विदेशीनु पर्छ ।
उत्पादनमा ढोका लाग्यो छैन् खाने घरमा खर्च ॥
भू–व्यवस्थापन गर्ने छैन्न रोजगार दिने छैनन् ।
गरिव र धनिको तथ्याक कहिल्यै लिने छैनन् ।।
के–का लागि भोट दिने सिकारी दललाई ।
सबैछन् दानव जस्ता मानव भन्ने कल्लाई ।।
आयो चुनाव पाँच वर्षको आउँछन जलारी ।
बल्छीमा चारो देखाई खान्छन् माछा मारी ।।
लेखक
नरेश्वर अधिकारी वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत
नेपालीरैबार । २०७९ आश्विन २६, बुधबार