६७औं प्रहरी दिवसको अवसरमा वीरेन्द्रनगरमा सरसफाइ (तस्बीरहरु)

सुर्खेत । समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा सरसफाइ गरिएको छ। ६७औं प्रहरी दिवसको अवसरमा सरसफाइ गरिएको हो।

शनिबार बिहान ७ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले उद्यान र वीरेन्द्रनगर–३ उत्तरगंगाको शिव मन्दिरमा सरसफाइ गरिएको प्रहरीले जनाएको छ।

तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी कार्यालय गण, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, नगर प्रहरी कार्यालय, प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतको संयुक्त टोलीले सरसफाइ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक सुरज कार्कीको कमाण्डमा ११२ जना प्रहरी टोली र जनप्रतिनिधि लगायत १२५ जनाको उपस्थितिमा सरसफाइ कार्यक्रम गरिएको हो।

तस्बीरहरु..

तपाईको प्रतिक्रिया