महिलाले कृषिमा गरेको योगदानलाई राज्यले मुल्याङकन गर्नुपर्छ : मन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवास्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले कृषिमा महिलाले गरेको योगदानप्रति राज्य चनाखो बन्नुपर्ने बताएका छन्। आइतबार मन्त्री शाहीले १५औँ अन्तर्राष्ट्रिय ग्रामीण महिला तथा ४२ औँ विश्व खाद्य दिवसको अवसरमा वीरेन्द्रनगरमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

पछिल्लो समयमा खाद्यन्न उत्पादनमा महिलाहरूले योगदान गर्दै आएको भन्दै मन्त्री शाहीले महिलाहरुको कृषिप्रतिको लगानीलाई राज्य समयमै चनाखो भएर उचित सम्मान गर्नु पर्ने बताए।

उनले भने, ‘हिजो आज पुरुषहरु भन्दा महिला दिदी बहिनीहरुको कृषि कर्ममा आर्कषण बढेको छ। खाद्य उत्पादनमा अमूल्य योगदान छ। थुप्रै महिलाहरु चुलो, चौकोमा मात्रै नभई, खाद्यान्न उत्पादनबाट मुलुकभरि चिनिएका छन्। त्यसको मुल्याङ्गकन राज्यले गर्नुपर्छ।’

साथै केही समय अघि अविरल वर्षाका कारण बाढी पहिरोबाट कर्णालीका विभिन्न जिल्लामा किसानहरुलाई ठुलो प्रभाव पारेर धेरै परिवारले बाली नाली नष्ट भएको बताउँदै मन्त्री शाहीले

किसानसँग जोडिएका यस्ता हरेक समस्या समाधानका लागि मन्त्रालय लागि परेको बताए।

भोलिको दिगोपनका लागि आजैबाट लैंगिक समानमा टिकेर, उत्पादनमार वातावरणमा गर्नका लागि विश्व खाद्यान्न दिवस मनाएका छन्।

दिवसको अवसरमा ‘भोलीको दिगोका लागि आज लैगिक समानता’, ‘उत्पादन, पोषण र वातावरण सुधार सुखी जीवनको आधार’ नाराका साथ खाद्य अधिकार, ग्रामीण महिला, कृषि र निति ऐनमा सरोकारवलाहरुको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रम गरिएको हो।

तपाईको प्रतिक्रिया