बैंकले व्याज बढाएको भन्दै धर्नामा बसे सुर्खेतका व्यावसायी

सुर्खेत । बैंकले व्याज बढाएको भन्दै सुर्खेतका व्यावसायीहरु बैंक धर्ना बसेका छन्। सोमबार सुर्खेतका सबै व्यापारीहरू बैंक धर्नामा बसेका हुन्। बैंकविरुद्ध व्यावसायीहरूले चरणवद्ध आन्दोलन गरिरहेका छन्।

बैंकहरुले व्याजदर बढाएको व्यावसायीहको आरोप रहेको छ। व्यावसायिहरुले आइतबारदेखि बैंक बहिष्कार गर्दै सुर्खेतका विभिन्न बैंकमा पुगेर धर्ना कामलाई निरन्तता दिँदै आएका छन्।

कर्जाको व्याजदर ९ प्रतिशत भन्दा कम हुनुपर्ने, विभिन्न शिर्षकमा सेवा शुल्क लिन नहुने, धितो लिलामी प्रक्रिया २०७९ चैतसम्म कायम राख्नुपर्ने र राष्ट्र बैंकले जारी गर्ने रिपो १ प्रतिशतमा झार्नुपर्ने व्यवसायीहरले माग राख्दै आएका छन्।

तपाईको प्रतिक्रिया