आवाज संस्थाद्धारा विपत् पीडित पञ्चपुरीका १३७ घरधुरीलाई राहत

सुर्खेत । पञ्चपुरी नगरपालिकामा अविरल वर्षका कारण २०७९ भदौ ३१ गते बाढी र पहिरोले क्षती पु¥याएका १ एक ३७ घरधुरीलाई आवाज संस्थाले राहत वितरण गरेको छ।

पञ्चपुरी नगरपालिका–९, १० र ११ नम्बर वडाका बाढी र पहिरोले बढी मात्रमा क्षति पु¥याएको थियो। बाढी पहिरोले पञ्चपुरी–९ को राग, खुर्सानीबारी, जमुनाघारी, वडा नंं १० को जामु, राजी बस्ती, गल्फा, बागबजार र वडा नं. ११ को तातापानिमा सडक, खानेपानि, घर, शौचालयका साथै धानबालिमा क्षत्रि गरेको थियो।

बाढी र पहिरोले भैंसी, बंगुर, खसि, कुखुराहरु मार्नुका साथै घरको तल्लो तलामा रहेका खाध्यान्न, लत्ता कपडा लगाएत सामाग्रीहरु बगाएको थियो।

उक्त बस्तीका एक सय ३७ घरधुरीहरुमा घरमा भएको खाध्य सामाग्री बाढीले बगाएपछि आवाजले राहत सामाग्री सहयोग गरेको हो।

सोमबार नगरपालिकाको हलमा एक कार्यक्रमको आयोजना गरि संस्थाले प्रतिघरधुरी २५ किलो चामल, ३ किलो दाल, ३ लिटर तेल, ३ किलो नुन र ४ प्याकेट सर्वोत्तम पिठो टिडिएच जर्मनी/मेजरियोको सहयोगमा वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक सुशीलकुमार कार्कीले जानकारी दिए।

खाद्य राहात हस्तान्तण कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख, कार्यालय प्रमुख, ईलाका प्रहरी कार्यालयका प्रमुख, सम्बन्धित वडा अध्यक्षहरु, विषयगत शाखा प्रमुख र प्रत्रकारहरुको उपस्थिति रहेको थियो।

यस्तै, नगरप्रमुख लालवीर भण्डारी ज्यूले आवाज संस्थाले बाढी पहिरो प्रभावितलाई प्रदान गरेको खाद्य सामग्री सम्बन्धीत वडाका बाढी पहिरो प्रभावितहरुलाई तत्काल तिहार अगाडि वितरण गरिने प्रतिबद्धता जाहेर गरे।

आवाज संस्थाले पञ्चपुरी नगरपालिकामा कोभिड संक्रमणदेखि बाढी पहिरोको जोखिमको बेलासम्म राहत प्रदान गरेर सहयोग गरेको भन्दै प्रमुख भण्डारीले धन्यवाद समेत व्यक्त गरे।

राहत हस्तान्तर खाद्य सामाग्री विवरण

१. मन्सुली चामल २५ किलाे जम्मा  १३७ बोरा
२‍. मासको दाल ३ किलाे प्रतिघरधुरी जम्मा ४११ किलाे
३. सनफ्लावर तेल ३ लिटर प्रतिघरधुरी जम्मा ४११ लिटर
४. नुन आयोडिन ३ किलाे प्रतिघरधुरीजम्मा ४११ किलाे
५. सर्बोत्तम पिठो ४ पाकेट प्रतिघरधुरी जम्मा ५४८ पाकेट ९६५ ग्राम

तपाईको प्रतिक्रिया