एक सय २८ पदक सहित आर्मीको अग्रता कायमै

पोखरा । विभागीय नेपाल आर्मीले गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक तालिकामा अन्तर फराकिलो बनाउँदै लगेको छ ।

आर्मीले आज बिहानसम्मको अद्यावधिक विवरणानुसार ६१ स्वर्ण, ३९ रजत र २८ कास्यसहित एक सय २८ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ ।

आर्मीले शुरुआतदेखि नै आफ्नो अग्रता बनाएकामा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ ।

पदक तालिकाको द्वितीय र तृतीय स्थानमा पनि विभागीय टोली अगाडि छन् । प्रदेशहरूले विभागीय टोलीलाई पछ्याइरहेका छन् ।

विभागीय नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य सहित ६५ पदक जितेर आर्मीलाई पछ्याइरहेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १६ स्वर्ण, २५ रजत र ३३ कास्यसहित ७४ पदक जितेर तृतीय स्थानमा छ ।

बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित ५९ पदक जितेको छ ।

आयोजक गण्डकी प्रदेशले हालसम्म १० स्वर्ण, आठ रजत र २० कास्य गरी ३८ पदक हात पारेको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले छ स्वर्ण, छ रजत र चार कास्यसहित १६ पदक जितेको छ ।

यसैगरी प्रदेश नं १ ले तीन स्वर्ण आठ रजत र २१ कास्यसहित ३२ पदक जित्दा मधेश प्रदेशले दुई स्वर्ण, तीन रजत र सात कास्यसहित १२ पदक जितेको छ ।

सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, एक रजत र ११ कास्यसहित १४ पदक जित्दा लुम्बिनी प्रदेशले एक स्वर्ण, नौ रजत र १२ कास्यसहित २२ पदक र कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्यसहित चार पदक ल्याएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही असोज २८ देखि प्रतियोगिताका ३६ वटा खेल भइरहेका छन् । राष्ट्रिय खेलकुद आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया