बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

धनगढी । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।


‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले भने, ‘चार जनाको शव निकालेका छौँ। घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ। विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन।’

डीएसपी भण्डारीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन। अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ।

तपाईको प्रतिक्रिया