पाँच बर्षमा सुरुवात भएका कामलाई पुर्णता दिनुपर्ने छ : विन्दमान विष्ट

सुर्खेत । आसन्न निर्वाचनको लागि नेताहरु चुनावी अभियान लिएर गाउँबस्ती प्रवेश गरिसकेका छन् । सोही अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवारहरु पनि एक–अर्कालाई मत माग्दै चुनावी मैदानमा होमिसकेका हुन्। प्रतिनिधि सभातर्फ कांग्रेसका हृदयराम थानी र प्रदेश २ (२) बाट विन्दमान विष्ट चुनावी अभियान लगेर पश्चिम सुर्खेतका गाउँबस्तीमा अग्रसर छन् । उनीहरुले आफ्ना एजेण्डाहरु मतदाता सामु राख्ने, पश्चिमको विकास र परिवर्तनका लागि एकबद्ध भएर लाग्ने अठोट गरेका छन् ।

माओवादी नेता विष्टले विगत पाँच बर्षमा पश्चिमको विकासका लागि महत्वपुर्ण कार्य सुरुवात भएको बताए । त्यसलाई पुर्णता दिनका लागि आफ्नो उम्मेदवरी भएको उनले बताए । उनले भने,‘ बाबियाचौर–कुइने विद्युत लाइन विस्तार गर्ने काम भइरहेको छ भने सालकोटको विकासका लागि पुर्वाधारका योजनाहरु अघि बढीरहेका छन् । सालकोटमा ५० शैय्याको अस्पताल बनाउने कुरा भएपनि ०७४ मा एमालेबाट चुनाव जितेर स्वास्थ्य राज्यमन्त्री बनेका नवराज रावतले त्यतातिर ध्यान दिनुभएन् ।

चालु आवमा प्रदेशबाट बजेटको व्यवस्थापन गरेर आगामी ५ बर्षभित्र हामी ५० शैय्याको अस्पताल बनाउँछौं ।’ साथै उनले सालकोटमा पशुविज्ञान सम्बन्धी क्याम्पस सञ्चालनका लागि पनि पहल भइरहेको बताए । कांग्रेस नेता थानीले १८ घण्टा खटेर भएपनि चुनावमा भनेका कुराहरुलाई पुर्णता दिनका लागि आफुहरु अग्रसर हुने बताए । ‘त्यसैले गठबन्धनका उम्मेदवारहरुलाई चुनाव जिताउनुहोस्,’उनले भने ।

तपाईको प्रतिक्रिया