यमपञ्चक सुरु, आज धनतेरस

काठमाडौं।  हिन्दू नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट सुरु भएको छ। यमपञ्चक आजबाट सुरु भए पनि काग तिहार भने भोलि परेको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

आइतबार बेलुकीसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने समितिले जनाएको छ। बेलुकी ५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ। यसैले आजदेखि नै यमपञ्चक सुरु हुने समितिको भनाइ छ। धनतेरस पर्व पनि आजै परेको छ। धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया