संसदीय लोकतन्त्र बिषयमा क्षमता अभिवृद्धि तालिम

सुर्खेत । युएनडिपी संसद सहयोग परियोजनाको सहयोग र नेपाल सेन्टर फर सेक्यूरिटी गर्भन्नेस को आयोजनामा संसदीय लोकतन्त्र र पत्रकारिता बिषयक ३ दिवसीय कार्यक्रम कार्भेको धुलिखेलमा सम्पन्न भएको छ।

देशका सातवटै प्रदेश र संघीय संसदमा केन्द्रीत रहेर पत्रकारिता गर्ने पत्रकारहरुको क्षमता अभिवृद्धि मार्फत संसदीय लोकतन्त्र र संघियता सुदृढिकरणमा लक्षित रहेर कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा पत्रकार जगत नेपाल, हरिबहादुर थापा, शिव गाउले, कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेल र सांसद दिपक प्रकाश भट्ट र भारतिय पत्रकार सचिन बुधौलियाले संसदीय लोकतन्त्रको अवधारणा, विगत र वर्तमान अभ्यास, संसदीय पत्रकारितको अन्तराष्ट्रिय अभ्यास, नेपालको संघीय र प्रदेश संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई आवश्यक ज्ञान, सिप अनुभव लयायतका बिषयहरुमा केन्द्रित रहेर छलफल गरेका थिए।

कार्यक्रममा सहभागि पत्रकारहरुले संघीय र प्रादेशिक संसदका संसदीय अभ्यास, रिपोर्टिङको अनुभव, जटिलता र अविस्मरीय घटनाहरुको चर्चा गरेका थिए। कार्यक्रममा युनडिपीको संसद सहयोग परियोजनका प्रमुख राज बहादुर श्रेष्ठ र टिम लिडर दिलादत्त पन्तको समेत सहभागिता थियो।

कार्यक्रमको समन्वय नेपाल सेन्टर फर सेक्यूरिटी गर्भन्नेसका अध्यक्ष अभयराज जोशी र सहजीकरण चिरन्जीबी भण्डारीले गरेका थिए।

तपाईको प्रतिक्रिया