वीरेन्द्रनगरबाट लागूऔषधसहित २ जना पक्राउ

सुर्खेत । प्रहरीले वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–३ पाथिभरा टोल नजिकबाट प्रहरीले उनिहरुलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नरपालिका–९ लाटीकोईली बस्ने २४ वर्षीय सुरज शाही र वीरेन्द्रनगर–२ का २७ वर्षीय उमेश सुनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले शंकाष्पद रुपमा बसिरहेको अवस्थामादेखेर उनिलाई सुधपुछ र चेकजाँच गरेको थियो।

प्रहरीले उनिहरुको साथबाट १ ग्राम ९७० मिलिग्राम लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ फेलापारेर नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया