भैरवी गाउँपालिकाको डोजरले ठक्कर दिँदा पुरूषको मृत्यु

सुर्खेत । दैलेखमा डोजरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ। मंगलबार राती भैरवी गाउँपालिका–४ मा डोजरको ठक्करबाट पैदल यात्री एक जना पुरूषको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुन रहेका छन्। ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको रहेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार उक्त पालिकामै पर्ने सहिदगेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे १ क १६४२ नम्बरको डोजरले खातुनलाई ठक्कर दिएको हो।

डोजर चालक प्रविणकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया