सिम्ता–६ ठिग्नीमा रहेको झोलुङ्गे पुल जिर्ण बनेसँगै बढ्यो जोखिम

सुर्खेत । जिल्लाको सिम्ता गाउँपालिका–६ ठिग्रीमा रहेको झोलुङ्गे पुल जिर्ण बनेसँगै जोखिम बढेको छ। ठिग्नीमा रहेको झोलुङ्गे पुल जिर्ण बनेपछि आवतजावत गर्ने नागरिकका लागि जोखिम बढेको हो।

ठिग्नी, कोरेलचौर, रिठाबोट र काप्रीचौरको मुख्य प्रवेशद्वारको रुपमा रहेको यो पुल रहेको छ। बर्खाको समयमा बढेको भेरीको बहावले दिशा परिवर्तन गरेको हुनाले पुल समेत जोखिममा रहेको छ। नदीको दिशा परिवर्तनहुँदा नदीको एक साइटमा अत्याधिक ढुङ्गा भरेको कारणले पुलले नदी छुन अवस्थामा पुगेको छ।

यस्तै, उक्त पुलका ८ वटा साइड लहरा चुडिएका छन्। पुल जिर्णहुँदै गए पनि सम्बधित ठाउँबाट कुनै चासो नभएको स्थानिय बासिन्दा मिलन बिसीले गुनासो गरेका छन्।

पुल जिर्ण अवस्थामा रहेकाले नागरिकलाई ओहोरदोहोर गर्नेका लागि समस्या भएको छ भने पानीको बहाब बढ्दा नदीले पुलनै छुने गरेको उनलको भनाई रहेको ।

यस्तै, जिर्ण अवस्थामा रहेको पुलको दिर्घकालिन समाधानको लागि पक्की पुलको अतिआवश्यक भएको स्थानिय सुवास बिसीले बताए।

सुवासले उक्त ठाउँमा पक्की पुल बन्दा सल्यान जिल्लाका सल्लिबजार, अम्रा र सुर्खेतका ठिग्नी, घोरेरी, कोरेल्चौर, रिठाबोट र काप्रीचौर सडक सञ्जालमा जोडिने बताए। साथै बिसीले चुनावको समयमा विभिन्न दलबाट पुल बनाउने आश्वासन मात्रै दिने तर, काम नगर्ने भएकाले तत्काल पक्की पुल निर्माणका लागि सम्बन्धित निकायले एक्सन लिनुपर्ने माग गरेका छन्।

तपाईको प्रतिक्रिया