प्रभावकारी बन्यो कर्णालीमा ‘छोरी सुरक्षा कार्यक्रम’

१२ हजार बढी छोरीको खाता खोलियो

सुर्खेत । प्रदेश सरकारले तीन वर्षअघि सुरु गरेको छोरी सुरक्षा कार्यक्रम थप प्रभावकारी बन्दै गएको छ । २०७६ साल साउन १ गते देखि लागू भएको उक्त छोरी सुरक्षा कार्यक्रम प्रदेश भर प्रभावकारी बन्दै गएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सुरुआत गरेको उक्त कार्यक्रमबाट आर्थिक वर्ष २०७७/०७८ मा १२ हजार पाँच सय २७ अर्थात् ७० प्रतिशित जना छोरीको खाता खोलिएको छ । भने आर्थिक वर्ष २०७८/०७९ को डाटा कलेक्सनको प्रक्रियामै रहेको मन्त्रालयले जनाएको छ । कर्णालीमा ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरी’ को भन्ने मुल नाराका साथ २०७६ साउन १ गतेदेखि सुरु गरिएको कार्यक्रम कर्णाली प्रदेशका १० वटा जिल्लाका ७९ वटै पालिकामा लागु भइरहेको छ ।

सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा तथा महिला विकास शाखा प्रमुख महिला विकास अधिकृत अनिता ज्ञवालीका अनुसार कार्यक्रम लागु भएका ७९ वटै स्थानीय तहको विवरणको संकलनमै रहेको बताईन् । उनले भनिन्, ‘हामीसँग आर्थिक वर्ष २०७७÷०७८ को तथ्याक उपलब्ध भएको छ । बाँकी वर्षको संकलन गदैछौँ । धेरै जसो स्थानीय तहमा इन्टरनेटको राम्रो पहँुच नभएको कारणले तथ्याक संकलनमा समस्या देखिएको छ ।’ उनले थपिन्, ‘विकट जिल्लाका स्थानिय तहमा नेटवर्कले राम्रो काम नगर्ने भएकाले समयमै मेल पाउँन नसकिने तथा समयमै बैंकहरुसँग सम्झौता हुन नसकेका कारण समस्या भएको छ । स्थानीय तहमा समस्याका बीच पनि जम्मा तथ्याक ल्याउँने प्रयासमा छौं ।’

मन्त्रालयले उपलब्ध गराएको तथ्याक अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका १० वटा जिल्लाका ६९ वटा स्थानीय तहमा ७ हजार २ सय ९९ जना छोरीहरुको बैंक खाता खोलिएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा यो संख्या ५ हजार बढीले बढेर १२ हजार बढी पुगेको हो । उक्त तथ्याक अनुसार सबै भन्दा बढी सुर्खेतमा र कम हुम्लामा खाता खोलिएका छन् ।

नौ वटा स्थानीय तह रहेको सुर्खेत जिल्लामा २ हजार ९ सय १५ जना छोरीको खाता खोलिएको छ । जसमा वीरेन्द्रनगर नगरपालिकाका ६ सय ९७, भेरीगंगा नगरपालिकाका ४ सय १५, गुर्भाकोट नगरपालिका ४ सय ३२, पञ्चपुरी नगरपालिकाका ३ सय ६२, लेकबेशी नगरपालिकाका २ सय ५२, चौकुने गाउँपालिका १ सय १२ बराहताल गाउँपालिका २ सय १३, चिगाड गाउँपालिका १ सय ९३ र सिम्ता गाउँपालिका २ सय ३९ जना छोरीको बैंक खाता खोलिएको छ ।

यस्तै, सल्यानको शारदा नगरपालिकाका ९४, बाघचौर नगरपालिका ४ सय ६०, बनगाड कुपिन्डे नगरपारलिका १ सय १८, कालीमाटी गाउँपालिकाका १ सय २७, त्रिवेणी गाउँपालिकाका ६१, कपुरकोट गाउँपालिका १ सय ५१, छत्रेश्वरी गाउँपालिकाका १ सय १९, कुमाख गाउँपालिकाका ३ सय २२, सिद्धकुमाख गाउँपालिकाका एक सय र दार्मा गाउँपालिकाका १ सय ३७ जना छोरीको खाता खोलिएको छ ।

६ वटा स्थानीय तह रहेको रुकुम पश्चिका १ हजार ४ सय २१ जना छोरीको बैंक खाता खोलिएको छ । जसमा मुसीकोट नगरपालिकामा १ सय ५७, चौरजहारी नगरपालिका १ सय ४८, आठबीसकोट नगरपालिका ३ सय ३३, बाँफीकोट गाउँपालिका २ सय ५६, त्रिवेणी गाउँपालिकाका १ सय २४ र सानीभेरी गाउँपालिका ४ सय ३ जना छोरीको खाता खोलिएको छ।

यस्तै, ११ स्थानीय तह रहेको दैलेख जिल्लाका २ हजार ४ सय ३९ जना छोरीको खाता खोलिएको मन्त्रालयले जनाएको छ। नारायण नगरपालिकाका २ सय ८१, दुल्लु नगरपालिकाका ५ सय ८७, चामुण्डा बिन्द्रासैनी नगरपालिकाका १ सय १२, आठबीस नगरपालिकाका १ सय ६४, भगवती गाउँपालिका २ सय ४१, गुराँस गाउँपालिकाका १ सय ४१, डुड्श्वर गाउँपालिकाका ५४, नौमुले गाउँपालिकाका १ सय ९१, महावु गाउँपालिकका २ सय ५६, भैरवी गाउँपालिकाका ७६ र ठाँटीकाँध गाउँपालिका ३ सय ३६ छोरीको खाता खोलिएको छ ।

जाजरकोटको भेरी नगरपालिकाका १ सय ३६, छेडागाड नगरपालिकाका ३ सय ४४, नलगाड नगरपालिकाका २०, कुशे गाउँपालिकाका १ सय ७२, जुनीचाँदे गाउँपालिकाका १ सय ९, बारेकोट गाउँपालिकाका २ सय ९० र शिवालय गाउँपालिकाका ४६ गरि जम्मा १ हजार १ सय १८ जना छोरीको बैंक खाता खोलिएको छ ।

यस्तै, हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिकाका ३०, त्रिपुरासुन्दरी नगरपालिकाका ४ सय ४०, शे फोक्सुण्डो गाउँपालिका ३२, काईके गाउँपालिकाका ३५ गरि जम्मा ५ सय ३७ जना छोरीको खाता खोलिएको छ भने, डोल्पोबुद्ध, मुड्केचुला, छार्का तासुम र जगदुल्ला गाउँपालिकाको विवरण आउँन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

जुम्लाको चन्दनाथ नगरपालिकाका ७६, कनकासुन्दरीका ३ सय ७८, सिँजा गाउँपालिका १ सय ११, तिला गाउँपालिका ९८, गुठीचौर गाउँपालिका १ सय ३१, तातोपानी गाउँपालिका ३८, पातारासी गाउँपालिका ६६ गरि जम्मा ८ सय ९८ जना छोरीको बैंक खाता खोलिएको छ भने हिमा गाउँपालकाको तथ्याक आउँन बाँकी रहेको मन्त्रालयको भनाई रहेको छ।

यस्तै, कालीकोटको खाँडाचक्र नगरपालिकाका १ सय ३७, रास्कोट नगरपालिकाका २ सय १०, पाचलझना गाउँपालिकाका ८९, सान्नीत्रिवेणी गाउँपालिकाका ९७, नरहरीनाथ गाउँपालकाका २ सय २३, शुभकालीका गाउँपालिकाका १ सय ३४, महाबै गाउँपालिकाका ९१ गरि जम्मा ९ सय ८१ को खाता खोलिएको छ भने तिलागुफा र पलाता गाउँपालिकाको विवरण आउँन बाँकी रहेको छ ।

मुगुको छायानाथ रारा नगरपालिकाका २ सय ८१, मुगुकार्मारोग गाउँपालिका ७५, खल्याड गाउँपालिकाका ६ गरि जम्ममा ३ सय १२ छोरीको बैंक खाता खोलिएको छ भने सोरु गाउँपालिका विवरण मन्त्रालयमा आइनसेको जनाइएको छ ।

यस्तै, हुम्ला जिल्लाको सिमिकोट गाउँपालिकाका २ सय १७ जनाको खाता खोलिएको छ भने अन्य नाम्खा, खार्पूनाथ, सर्केगाड चंखेली, अदानचुली र ताजाकोट गाउँपालिकाको तथ्याक नआएको समाजिक मन्त्रालयले बताएको छ ।

अधिकृत ज्ञवालीले प्रदेशका १० वटै जिल्लाका सबै स्थानिय तहसँग समन्वय र सम्झौता भई निरन्तता दिएको जानकारी दिइन् । पालिकाको कारोबार गरेको बैंकमा नै पालिका भित्र जन्मिएका छोरीहरुको जन्मिएकै दिनमा खाता खोल्ने व्यवस्था रहेको छ ।

कार्यक्रम कार्यान्वयन हुन नसकेका १० वटा स्थानीय तहमा प्रत्यक्ष पुग्न नसकिने भएकाले सूचना दिएर पनि भदौं १५ गतेसम्म गत वर्षको साउन यता जन्मिएका छोरीहरुको खाता खोलीसक्ने अधिकृत ज्ञवालीले जानकारी दिइन् । छोरीको नाममा खाता खोल्दा एक हजार रुपैयाँ जम्मा गरिदिने गरिन्छ ।

पछि प्रत्येक महिना सम्बन्धित पालिकाले उक्त खातामा पाँच सय रुपैयाँ जम्मा गरिदिन्छन् । उक्त खातामा एक वर्षको अवधिमा ६ हजार रुपैयाँ पुग्दछ । त्यो सबै रकम प्रदेश सरकारले स्थानीय तहहरुलाई कार्यान्वयन गर्न पठाउने र एक अभिभावकले दुई जना छोरीको मात्र खाता खोल्न पाउने व्यवस्था गरिएको अधिकृत ज्ञवालीले बताइन् ।

तथ्यङ्गक आउँन बाँकी रहेका पालिकाहरुमा सुर्खेतको भेरीगंगा नगरपालिका, जुम्लाको हिमा गाउँपालिका, कालिकोटको पलता गाउँपालिका, मुगुको सुरु गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिका, खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका र ताँजाकोट गाउँपालिका रहेका छन् ।

समाजमा छोरी माथि हुने लैङिगक विभेद धेरै मात्रामा देखिएको, बालविवाहका घटना धेरै घटेका कारण कार्यक्रम लागू गरिएको प्रदेश सरकारले जनाएको छ । यस्तै, निर्वतमान कर्णाली प्रदेश सभा राजू नेपालीले यस कार्यक्रम कर्णालीमा प्रभावकारी बन्दै गएको बताइन् । उनले सरकारले ल्याएको यस कार्याक्रमले कर्णालीका छोरीहरुलाई उच्च शिक्षा अध्यययानका लागि अभिभावकलाई खर्च व्यवस्थापनमा थप राहत मिल्ले विश्वास लिएको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया