पार्टी बचाउन धौ

दल आएको ३२ बर्ष पुग्यो भू व्यवस्थापन गर्न सकेनौ

त्यसैले ऐले दलहरूलाई पाटी बचाउन भैसक्यो धौ।।

देश र जनता प्रति फर्केर काम संसद हलले गरेनौ ।

कहाँबाट डलर झर्छ उतै फर्केर खायौ तल झरेनौ ॥

नेपालको भूगोल बेचेर खायौ दिल्लीका झोलेहरू ।

नत दलले रोज गारिखोले मुखैले सारा बोलेयौ बरू।।

यूवा यूवती विदेश पठायौ भोट दिन्छ र कोले बोले ।

कसैले वि.पि. बाद बोले कसैले लेलिन माक्सवाद खोले ।

राणा र अंग्रेजको सुगौलीसन्धीले भएन भनेर थपेयौ बरु।

त्रिभुवन वि.पि को त्रिपक्ष सम्झौता दलले सकेयौ अरू।।

तिम्रा सम्झौता नेपाल सग्ने जनता ठग्ने मात्र हुन ।

नेपाल राष्ट्र र नेपाली जनतालाई लगायौ कति गुण ।

मँहगो कोरो शिक्षा लादेर शुल्क उठाई खायौ अहिले सारा ।

मँहगो औषधी चर्को शुल्क स्वास्थमा लगायौ गरिब मारा ॥

दल आएको ३२ बर्ष पुग्यो भू व्यवस्थापन गर्न सकेनौ

त्यसैले ऐले दलहरूलाई पाटी बचाउन भैसक्यो धौ ॥

लेखक , नरेश्वर अधिकारी , वीरेन्द्रनगर ११, सुर्खेत

तपाईको प्रतिक्रिया