बढ्यो सुन र चाँदीको भाउ

काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला पाँचसय रुपैयाँले बढेको छ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि ९३ हजार १ सय रुपैयाँ पुगेको छ।

बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२२५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया