रुकुम पश्चिमको मुसिकोटमा स्यालको टोकाइबाट नौ घाइते

काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन्। मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो।

स्यालको टोकाइबाट घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमार बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहरा, दीपा बोहरा, उर्मिला बोहरा र पत्रबहादुर महतारा र सविता गौतम तथा मुसिकोट १० का भुपेन्द्र बुढा छन्।

घाइते मध्ये एक्कीकुमारीलाई स्यालले सोमबार साँझ टोकेको हो भने अन्यलाई मंगलबार साँझ टोकेको मुसिकोट–६ का हिमबहादुर महताराले बताए।

स्यालले भेटिएका जति मान्छेलाई टोक्दै हिडेको उनको भनाइ छ। ट्याखोला, माथिल्लो घाइडाँडा, झिँजा लगायतका ठाउँमा स्यालको विगविगी बढेको छ । स्यालले घरमै तथा बाटोमा हिड्ने मान्छेलाई टोकिरहेको छ।

घाइते मध्य एक्कीकुमारीलाई उपचारका लागि सुर्खेत लगिएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीलाई रेविजविरुद्धको खोप दिइएको छ। स्याललाई नियन्त्रणमा लिन सकिएको छैन्।

तपाईको प्रतिक्रिया