बबईबाट ३४० बोरा अवैध चिनी बरामद

सुर्खेत । सुर्खेत प्रहरीले तीन सय ४० बोरा अवैध चिनी बरामद गरेको छ। बुधबार बिहान साढे ८ बजेको समयमा भेरीगंगा नगरपालिका–५ बबईबाट चिनी बरामद गरेको हो।

बबई चेक प्वाईन्टमा खटिएको ६ जनाको प्रहरी टोलीले कैलालीदेखि सुर्खेततर्फ आउदै गरेको भे १ ख ३०४१ नम्बरको ट्रकलाई चेक जाँच गरेको थियो।

उक्त ट्रकमा भ्याटबिल, अनलाईन बिल भएको र भन्सारको काजग पत्र नभएको प्रहरीले फेला पारेपछि बरामद गरेको हो।

प्रति बोरा ५० किलो रहेको तीन सय ४० बोरा अर्थात् १७ टन चिनी बरामद गरेको प्रहरीले जनाएको छ।

साथै प्रहरीले ट्रक, ट्रक चालक लम्किचुहा नगरपालिका–२ कैलालीका ४३ वर्षीय को नेत्रबहादुर शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया