जुम्लाका पाण्डे विद्यावारिधीका लागि छनोट

सुर्खेत । नेपाल संस्कृत विश्व विद्यालय दाङ्गले २०७९ मा आयोजना गर्न गई रहेको पाठ्यक्रममा आधारित तीन वर्षिय विद्यावारिधिको लागि २०७८ मंसिरमा सार्वजनिक सूचना जारी गरेर संकलन गरेका शोध प्रस्तावहरु विशेषज्ञ विद्वानहरुबाट मूल्याइन गरेर यही कार्तिक १६ गते योग्यताक्रममा आधारित नतिजा सार्वजनिक गरेको छ।

जसमा जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्दप्रसाद पाण्डे उत्कृष्ठ दश स्थान भित्र छनोट भएका छन्।

पाण्डेले चाणक्य नीति सूत्रमा वर्णित नैतिकता, सदाचार र सुशासनको आश्निक समाजमा प्रयोग शिर्षकमा विद्यावारिधिको लागि प्रस्ताव पेश गरेका थिए।

यस अध्ययनमा आधुनिक समाजमा चाणक्य नीतिमा उल्लेखित नैतिक मूल्यहरुको खोजी र तिनको व्यवहारिक अनुसरणकाका वारेमा विश्लेषण गर्ने जमर्को गरिनुका साथै चाणक्य नीति सूत्रको अनुसरणलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा समेत चर्चा गरिने पाण्डेले कर्णाली अनलाइनलाई जानकारी दिएका छन्।

तातोपानी गाऊपालिका वडा नं ४ गिडीखोला जन्म भई हाल नेपालगंज उपमहानगरपालिका वडा नँ १ चन्दननाथ टोल निवासी पाण्डे विगत २७ वर्ष देखि नेपाल सरकारको कर्मचारीको रुपमा राष्ट्र सेवामा संलग्न रहेका छन्।

निजलाई नेपाल सरकारले हालै पचास हज़ार राशीको निजामती सेवा पुरस्कार समेत प्रदान गरेको थियो। उनले विकास तथा लोकसंस्कृतिका क्षेत्रमा दजनौ पुरस्कार प्राप्त गर्नुका साथै सयौ लेख रचना प्रकाशन समेत गरेका छन्।

पाण्डेले यस अघी वाणिज्य कार्यालय नेपालगञ्जको कार्यालय प्रमुख पदमा रही उपभोक्ता अधिकार तथा व्यवसाय प्रवर्द्धनका क्षेत्रमा उल्लेखनिय काम गरेका थिए।

त्यसै गरी निजले कोहलपुर नगरपालिका बाके, चन्द्रगिरी नगरपालिका काठमाण्डौ, छायानाथ रारा नगरपालिका मुगु तथा तिलागुफा नगपालिका कालिकोटमा प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत रही पूर्वाधार विकास, सेवा प्रवाह तथा सरसफाई र हरियालीका क्षेत्रमा उल्लेखनिय काम समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया