विनोद शाहका चुनावी प्रतिबद्धता : युवा लक्षित रोजगारीकाे सिर्जना, घर-घरमा विद्युत

सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा (२)मा नेकपा एमालेबाट उम्मेदवार विनोदकुमार शाहले आफ्ना चुनावि प्रतिबद्धता सार्वजनिक गरेका छन्। एमाले कर्णाली प्रदेश अध्यक्ष समेत रहेका शाहले विभिन्न २१ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

शाहले ‘सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य र पूर्वाधार, कृषि र पर्यटनको प्रर्वद्धनबाट युवालाई स्वारोजगार’, मंसिर ४ एमाले सरकार भन्ने मसल नाराका साथ आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्।

शाहले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कामहरू प्रभावकारी बनाउन नीतिगत र कानूनी प्रवन्ध मिलाउने, सामाजिक न्याय, समावेसिता र सुशासनको प्रत्याभूति हुनेगरी महिला, दलित जनजाति र पिछडिएको वर्गको हकहित संरक्षण गर्ने, गुणस्तरीय शिक्षाका लागि भौतिक संरचना सुधार र शिक्षण सिकाईमा आधुनिक सूचना प्रविधिको प्रयोग सुनिश्चित गर्ने, सार्वजनिक विद्यालयमा शिक्षक दरबन्दीको अवभालाई परिपूर्ती गर्ने, युवा लक्षित रोजगारी सिर्जना पर्यटन सम्बन्धि क्रियाकलापका लागि युवाहरूलाई सिप सिकाउन चामुन्डा विन्द्रासैनी नगरपालिकामा व्यवसायिक तालिम केन्द्र स्थापना गर्ने योजना प्रतिबद्धतामा उल्लेख गरिएका छन्।

स्थानीय स्तरमा प्राविधिक जनशक्ति उपलब्ध गराउन आठबीस नगरपालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने, प्राविधिक शिक्षालयमा अध्ययन गर्ने गरिव, दलित, जनजाति, एकल महिला र पिछडिएको वर्गका लागि अनुदानको व्यवस्था गर्ने, ठाटीकाँध गाँउपालिकामा बहुमुखी क्याम्पस स्थापना गर्ने योजना अगाडी सारेका छन्।

यस्तै, शाहले दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (२)मा पर्ने तीनवटै स्थानीय तहमा खानेपानी आयोजना विस्तार गर्नुका साथै एक घर एक धारा र एक घर एक सौचालय सुनिश्चित गर्ने, आठबीस नगरपालिका अन्तर्गत राकमको ट्रमा सेन्टरलाई व्यवस्थित गरी गुणस्तरीय सेवा सुनिश्चित गर्ने, गरिव, दलित, जनजाति, एकल महिला र पिछडिएको वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने, कृषिमा आधुनिकिकरण गरी स्थानीय उत्पादन बृद्धि गर्ने र पकेट क्षेत्रको अवधारणा कार्यान्वयनमा युवाको सहभागिता बढाउने, साना तथा मझौला सिंचाई आयोजनाहरूको निर्माणमा उच्च प्राथमिकता दिने योजना प्रतिबद्धतामार्फत जारी गरेका छन्।

शाहले रारा जाने पर्यटकलाई लक्षित गरी पञ्चकोशी क्षेत्रका साथै विन्द्रासैनी, बिजारे, राकम कर्णाली र सिंहासैनमा पर्यटकिय स्थल बनाउने, निर्वाचन क्षेत्रको लेकाली भेगलाई संरक्षण क्षेत्र बनाउन र कर्णाली नदीमा जलयात्रा वा ¥याफ्टीङका लागि आवश्यक काम गर्ने, पर्यटन प्रवद्र्धनका माध्यामबाट रोजगारीका अवसर सृजना गर्न राजमार्गसँग जोडिएका उपयुक्त स्थानमा होमस्टे र सुविधा सम्पन्न होटलहरू स्थापना गर्ने, कम्तीमा एउटा जलविद्युत आयोजना निर्माण गर्नेर निर्वाचन क्षेत्रका तिनवटै पालिकामा विद्युतिकरणको काम सम्पन्न गर्ने योजना रहेका छन्।

यस्तै, शाहले तीनवटै पालिकाका वडाहरूको केन्द्र जोडने बाटोहरूको स्तरोन्नती गर्ने, तल्लो डुङगेश्वर–दुल्लु–डाँडीमाडी–बुडेली–ठाटीकाँध–स्याउलेकाँध–सिंहासैनहुँदै पिपलकोट सडक स्तरोन्नती गरी बाह्रै महिना सञ्चालन गर्ने, पिपलकोटो भित्रीखोलामा र लकान्द्र–बिशाला जोड्ने भुतगाड खोलामा दुईवटा पक्की पुल निर्माण गर्ने, साङगेतडा–जम्बुकाँध–पातलसम्मको सडक र रामघाट–ठाँटीकाँध–राकम कर्णालीसम्मको सडकलाई कालोपत्रे गर्ने योजना अगाडी सारेका छन्।

तपाईको प्रतिक्रिया