चुनावको मुखमा कांग्रेसले गर्यो निलम्बन फुकुवा

बर्दिया । गत स्थानिय चुनावमा पार्टीको नीति विपरित आचरण देखाएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिको सिफरिसमा अनुसाशन समिति लुम्बिनी प्रदेशको निर्णय अनुसार नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिलेले निलम्बित गरेको केही नेता कार्यकर्ताको निलम्बन कारबाहि आज फुकुवा गरिएको छ।

बर्दिया जिल्ला क्षेत्र नम्बर एक (ख) का सभापति वीर बहादुर चौधरी, नेपाल विद्यार्थी संघ बर्दिया जिल्ला कार्य समिति अध्यक्ष शोभाकान्त पौडेल र गुलरिया नगर कार्य समिति सभापति ईन्द्र कुमार यादव माथि लगाएको निलम्बन फुकुवा गरिएको हो।

आसन्न संघ र प्रदेश तहको निर्वाचनलाई मध्यनजर गर्दै आगामी दिनमा नेपाली कांग्रेसको विधान, नियमावली र पार्टीको निर्देशन र अनुशासनको पालना गर्ने गराउने गरी निलम्बन फुकुवा गरिएको नेपाली कांग्रेस प्रदेश अनुशासन समितिका संयोजक माधव प्रसाद खरेलद्वारा हस्ताक्षिरित पत्र मार्फत जानकारी गराएको छ।

तपाईको प्रतिक्रिया