काठमाडौँ । चाडपर्वका बेला बाहिर गएको पैसा बैंकमै फिर्ता आएको छ। पछिल्लो हप्ता बैंकको निक्षेप बढेको हो। एक सातामै वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप थप भएको नेपाल बैंकर्स संघले जानकारी दिएको छ।
कात्तिक ११ गते वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप मौज्दात रहेकोमा कात्तिक १८ गते आइपुग्दा ४५ खर्ब ४५ अर्ब २३ करोड रुपैयाँ पुगेको देखिएको छ।
चाडपर्व मनाउन झिकिएको पैसा अहिले बैंकिङ प्रणालीमा आएको देखिएको हो। एक उक्त एक हप्ता अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने कमजोर देखिएको हो।
कर्जा भने १ अर्ब रुपैयाँले घटेको हो। गत कात्तिक ११ गतेसम्म कुल ४२ खर्ब २५ अर्ब २४ करोड कुल कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले एक सातामा १ अर्ब २५ करोड रुपैयाँ घटाएर १८ गतेसम्म ४२ खर्ब २४ अर्ब १६ करोड रुपैयाँमा आइपुगेको हो।
नेपालीरैबार । २०७९ कार्तिक २१, सोमबार