लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेते उक्त मुद्दामा फरार प्रतिवादी लिलाराम पुरीलाई पक्राउ गरेको हो।

वीरेन्द्रनगर नगरपालिका–११ घर भएका ३१ वर्षीया पुरीलाई जिल्ला अदालत सुर्खेतले लागूऔषध (ब्राउनसुगर) मुद्दामा ४ वर्ष ११ महिना कैद सजाय र पाँच हजार जरिवाना तोकिएको छ।

उनलाई लागूऔषध नियन्त्रण व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान ११ बजे पक्राउ गरेको हो।

पक्राउ गरि प्रहरीले पुरीलाई कैद भुक्तान तथा जरिवाना भुक्तानको लागी सुर्खेत जिल्ला अदालतमा पठाइएको जनाएको छ।

तपाईको प्रतिक्रिया