प्रचण्डलाई जुत्ता प्रहार गर्न खाेज्ने युवालाई थप अनुसन्धानका लागि वीरेन्द्रनगर ल्याइयो

सुर्खेत । जिल्लाको चिङ्गाड गाउँपालिका मटेलामा पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको छ। मंगलबार साँझ पक्राउ परेका युवकलाई आवश्यक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अमानविय व्यवहार गरेको भन्दै ती युवकलाई मटेला प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अवलचिंगमा राखिएको थियो। अमानविय व्यवहार गरेपछि पक्राउ परेका उक्त युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार बिहान ल्याइएको प्रहरी भनाई छ।

डिएसपी सुरज कार्कीले अस्वभाविक गतिविधि गरेकोले उनलाई पक्राउ गरिएको बताए। उनले भने, ‘त्यहाँ भएको कार्यक्रमो नजिक नजिकै अस्वभाविक गतिविधि गर्नुभएको थियो। त्यतीबेला प्रचण्ड ज्यु हिँडिसक्नु भएको थियो। प्रचण्डले ज्युको फ्लाईट उडिँसकेको थियो। त्यो कुरा प्रचण्डसँग जोडिएको कुरा हैन्।’

प्रहरी स्राेतले नै कार्यक्रमस्थल सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लगाउन ल्याएकाे जुत्ताकाे माला झाेलाबाट युवाले निकाल्न खाेजेपछि नियन्त्रणमा लिएकाे बताएकाे थियाे । प्रहरीले तथ्य कुरा लुकाउन खोजेपनि ‘प्रचण्ड’लाई जुत्ताको माला लगाउन कार्यक्रमस्थलमै रहेका ति युवा पूर्व माओवादी लडाकु रहेकाे खुलेकाे छ।

याे पनि 

प्रचण्डलाई सुर्खेतमा जुत्ताकाे माला लगाउन खाेज्ने युवक प्रहरीकाे नियन्त्रणमा

 

तपाईको प्रतिक्रिया