१८१ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ ।  सेयरबजार फेरि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३९.१५ अंकले र सेन्सिटिभ सूचक ७.६८ अंकले घटेको हो।

२ प्रतिशतले ओरालो लागेको बजारमा २२३ कम्पनीको १ अर्ब ४० करोड ७३ लाखको सेयर किनबेच भएको छ।

आज ११ बजे बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको थियो। बुधबार १३ वटै उपसूचक राताम्य हुन पुगेका छन्।

आज ४ वटाको बढे पनि १८१ कम्पनीको सेयर घटेको छ। लगानीकर्ताले ७.४२ प्रतिशतले कमाउँदा गुमाउनेले सोही दरमा गुमाएका छन्।

आज नेष्डो लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाखको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया