उम्मेदवारहरूले मेरा प्रश्नको जवाफ दिनु पर्ने छ

कविन्द्रप्रसादअ धिकारी 

आगामी मंसिर ४ गते आम निर्वाचन हुँदै छ। प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनको मतदान गर्न अब १० दिन बाँकी छन्। यो समयमा कस्तो नेतालाई चुन्ने र नेतृत्वमा पठाउँने भन्ने निर्णय आम जनताको हातमा छ। त्यसका लागि हामी जनताले गम्भिर विचार पु¥याउन जुरूरी छ।

एक चोटि परिक्षण भैसकेका र सत्ताको स्वाद चाखेका नेता यो पटकको निर्वाचनमा फेरी पनि उम्मेदवार बनेका छन्। भने कति पए नेताहरुले टिकट नपाएका कारण बागी उम्मेदवारी दिएका छन्। साथै केही नयाँ अनुहार पनि नेतृत्वमा पुग्नका लागि उम्मेदवारी दर्तागरेसँगै मतदातासँग मत मागिरहेका छन्। यी सबै उम्मेदवारलाई मेरा केही प्रश्नहरू छन्। ती प्रश्नहरूको जवाफ उम्मेदवारहले दिनु पर्ने छ।

१, भोट हाल्न कालीकोट आउनु पर्ने पेट पाल्न विदेशीनु पर्ने यो वाध्यता कहिलेसम्म हट्छ? आज कालीकोटका आज प्रत्येक घरको एक जना भारतका गल्ली–गल्लीमा पिठ्युँमा भारी बोक्दै आफ्नो दैनिकी चलाइरहेको अवगत नै छ। गाउँमै रोजगारी सिर्जना कि गर्ने भोट लागि मात्रै गाउँ आउनु पर्ने?

२, विद्यालय क्षेत्रमा राजनीति गर्ने शिक्षकलाई कहिलेसम्म हटाउने? जसका कारण शिक्षक शिक्षक नभएर दलका कार्यकर्ताहुँदा सार्वजनिक शिक्षाको गुणस्तर खस्किदो अवस्था छ। शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेपका कारण शिक्षक र विद्यार्थीको अनुपात नमिलेको र त्यसको प्रत्यक्ष असर शैक्षिक गुणस्तरमा पुगेको छ। पार्टी गुणगान गाएकै कारण विधालयमा नियुक्ति दिने आज विद्यार्थीको भविश्य अन्योलमा छ। अनि तपाईंको घोषणा पत्रमा किन अटेन पाठ्यपुस्तक समयमै आउँछ भनेर?

३, स्वास्थ क्षेत्रमा विकास कति भयो हेर्नू भाछ? जसका कारण गर्भवती र सुत्केरीलाई समयमै उपचार नपाएर अत्यधिक रक्तश्रावका कारण ज्यान गुमाएका घटना प्रत्येक दिन सुनिराखेका छौँ। शिशु मृत्युदर, मातृ मृत्युदर घटाउन वा भाइरल महामारी जस्ता रोग साथै आपतकालीन स्वास्थ सेवा, विषशज्ञसहितको निशुल्क स्वास्थ सेवा कहिलेसम्म पाउछौ?

४, कालीकोटवासी कृषि पेशामा बढी आवद्ध छन अब कृषिमा क्रान्ति कहिले हुन्छ? विभिन्न बेमौसमी तरकारी, फलफूल, भट्मास, सिमि र जौ जस्ता बालिनाली मुल्य र बजार ब्यवस्थापन कहिले हुन्छ? प्रत्येक वर्ष प्राकृति प्रकोपका कारण भएको अन्न बाली सखाप पारेका घटना सुन्निन्छ यसको ब्यवस्थापन कसरी कहिले हुन्छ?

५, सडक विस्तार र वकासको नाउँ प्रत्येक वर्ष करोडौं बजेट छुट्टाउने ठाउँ–ठाउँमा अननियन्त्रित तरिकाले डोजर चलाउदा बाढीपहिरोबाट आज कैयौँ घरपरिवार विस्थापित भएका छन। आज उनिहरुको ब्यवस्थापनको जिम्मा कसले लिन्छ? २०६२ सालमा सुरू गरेको सेरि–पान्तडी सडक विस्ता का लागि कैयौँ जनप्रतिनिधिले आफ्नो चुनाव नारा बनाए बजेट छुट्टाए। तर, आज पनि बन्न सकेको छैन्। कालीकोटले पटकपटक मन्त्री र एक पटक मुख्य मन्त्री पायो तर, कर्णाली राजमार्ग भने जस्ताको त्यस्तै छ। यसको उपनाम सुन्नु भाछ नसुनेको भए सुनुहोस? मृत्यु राजमार्ग!

६, कर्णाली प्रदेश जडिबुटी र प्राकृति स्रोतको धनी प्रदेश मानिन्छ। तर, हिजो जितेर गएका जनप्रतिनिधिले कर्णाली चिनाउन हिँडेका थिए। आज त्यहीँ कर्णालीलाई मागी खाने भाडो मात्रै बनाएको तपाईं लाई थाहा छ? विकास, समृद्धि र रोजगारी सिर्जना गर्ने हो भने विभिन्न क्षेत्रका आयुर्वेद जडिबुटी संरक्षण र प्रवर्द्धन गरौ यसैबाट ठूलो उपलब्धि हासिल गर्ने सकिन्छ। जसका लागि संघिय सरकार प्रदेश र स्थानीय सरकारको प्रवल इच्छा शक्ति हुन जरुरी छ।

अब तपाईंको जडिबुटी संरक्षण र प्रर्वद्वनमा के भुमीका रहन्छ प्रष्ट पार्नुहोस? कि कर्णालीलाई पर्यटन प्रवर्द्धन लागि भनेर चुनावी नारा मात्रै बनाउने हो?

तपाईको प्रतिक्रिया