टर्कीको इस्तानबुलमा विस्फोट, ६ जनाको मृत्यु

टर्कीको इस्तानबुल शहरस्थित एक व्यस्त बजारमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। ८१ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार दिउँसो व्यस्त समयमा टाक्सिम स्क्वायर क्षेत्रमा विस्फोट भएको हो।

शहरका गभर्नर अलि एर्लिकायाले एक महिलाले विस्फोट गराएको र आक्रमणमा आतंककारी समूहको संलग्नता रहेको अनुमान गरे।

सरकारले विस्फोट हुनुअघि झण्डै ४० मिनेटदेखि एक महिलाले शंकास्पद गतिविधि गरेको र विस्फोटपछि त्यस क्षेत्रमा नदेखिएकाले उनैले आक्रमण गरेको हुनसक्ने बताएको छ।

विस्फोटको घटनापछि पत्रकार सम्मेलन गर्दै राष्ट्रपति रिसेप तायिप एर्दोगानले आक्रमणमा आतंकवादको गन्ध देखिएको भन्दै आक्रमणकारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए। आक्रमणको जिम्मा भने कुनै पनि समूहले लिएको छैन ।

तपाईको प्रतिक्रिया