राजनैतिक दललाई हिक्मतको खुल्ला पत्र

कर्णालीका निर्वाचनमा सहभागी दल तथा उम्मेद्वारलाइ

मेरो नमस्कार

सर्बप्रथम, आगामी मंसिर ४ गतेका दिन हुन गइरहेको प्रदेश र संघको निर्वाचनमा यहाँहरुले उत्साहका साथ आफ्नो दलको भावी योजना, प्रतिबद्धता र घोसणा पत्रसहित चुनावमा भाग लिनु भएकोमा बधाई दिन चाहान्छु।

अहिले देश चुनावी माहोलमा छ। जताततै दलका घोषणा पत्र एवम् प्रतिबद्धताका विषयमा चर्चा भैरहेका छन्। जनभावना बुझदा पनि दल एवम् उम्मेदवारको भावी कार्ययोजना तथा पतिबद्धता हेरेर नै आफ्नो मताधिकार प्रयोग हुने देखिन्छ।

जसबाट आगामी चुनावले प्रतिनिधी सभा र प्रदेश सभाका लागि नयाँ सांसदहरू निर्वाचित हुने र सत्ताको बागडोर समाल्ने अधिकार प्रदान गर्ने छ। तै पनि यहाँका घोषणा पत्रमा जातिय विभेद, बालविवाह, छाउपडी, लैङ्गिक हिंसा र यौन दुव्र्यवहार जस्ता सामाजिक मुद्दाले कम महत्व पाएको देखिन्छ।

मेरो स्वर्ग जस्तो सुन्दर कर्णालीमा मेरो साथी कमलले खेल्दै गर्दा तल्लो जातको हो भनेर कत्ती हो कत्ती हेला सहेको छ। मेरो भाई कक्षा ८ मा प्रथम भएको थियो। ९ कक्षा पढ्दापढ्दै विवाह ग¥यो र अहिले काला पहाडे भएको छ। मेरो बहिनी आफनै घर भित्रै सुत्न पाउदैनिन्। न नियमित विद्यालय नै जान सक्छिन्। ३ बर्ष अगाडी मात्रै विहे गरेकी मामाको छोरी अहिले दुधे बालक च्यापेर अदालत धाइरहेकी छिन्। समाचारमा दिनदिनै आउने बलात्कारको घटनाले मेरो फुपुको छोरी डरले झस्कि रहन्छिन।

म स्वंम आफुलाई समाजको एक जिम्मेवार व्यक्ति ठान्दै गर्दा चिन्ता गर्दैगर्दा आफैमाथी धेरै प्रश्न आउछन। म कस्तो छोरा, कस्तो दाई, साथी अनी अभिभावक। दुख त यसमा लाग्छकी अझै पनि २१औँ शताव्दीमा म र राज्यले हाम्रो समाजमा यस्ता अमानविय र अपराधिक कार्यहरु भैरहेको हेरीरहेको छौँ। यहाँहरुको आगामी कार्यकालले उक्त कुराहरु सम्बोधन गरोस र कसैले पनि यस्ता समस्या भोगेको देख्न नपरोस भन्न चाहान्छु।

मैले यहाँहरुको घोषणा पत्रहरुपढे, पुनः पढे ठोस रूपमा यहाँहरुले कर्णालीमा रहेका हानिकारक सामाजिक कुसंस्कार तथा कुप्रथाहरुः बालबिबाह, लैंगिक हिंसा, छाउपडी, बहुविवाह, बाल श्रम, जातीय विभेदलाइ प्राथमिकतामा राखिएको पाईन्। मानविय विकास र भौतिक विकास दुवैलाई समानान्तर रूपमा गर्नुपर्र्नेे आजको कर्णालीको आवश्यकता भएकोले, भौतिक विकास र मानविय विकासको लागि सामाजिक कुप्रथाको अन्त्य र सभ्य नागरिकहरु निर्माण गर्नमा यहाँको ध्यान जाने कुराको अपेक्षासहित यो खुल्ला पत्रमार्फत ध्यानाकर्षण गराएको छु।

जनभावनालाई सम्बोधन गर्नको लागि यहाँहरुले बालविवाह, लैङ्गिक हिंसा, छाउपडी, बहुविवाह, बाल श्रम, यौन दुव्र्यवहार लगायत अन्य हानिकारक कुरिती एवं कुसंस्कारको अन्त्य गर्नमा प्रतिबद्ध हुनुपर्दछ। सम्मुनत कर्णालीका लागि अब हामिले कर्णालीको परिवेश र विषय वस्तुमा केन्द्रित रहेर नै योजना बनाऔं, उक्त योजनाहरुलाई प्रभावकारी रुपले कार्यन्वयन गर्न सकियोस।

आगमी दिनमा फेरी मेरो साथी, भाई, बहिनी, छोरी र दिदीहरू कसैले पनि अपहेलना, हिंसा, पिडा, दुव्र्यवहार, डर र त्रासपूर्ण जीवन बाच्न नपरोस। सभ्य र सम्वृद्ध कर्णालीको विकास गर्नका लागि सामाजिक मुद्धालाई केन्दविन्दुमा राखेर चुनावी कार्यक्रमहरु सम्वोदन गर्नका लागि सम्पुर्ण उम्मेरदवारहरूमा हार्दिक अनुरोध गर्दछु।

हिक्मत बुढा क्षेत्री
सुर्खेत, कर्णाली पदेश

तपाईको प्रतिक्रिया