एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन्।
‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युतविहीन भएका छन्’, उनले भने। विद्युत अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाइ र किभ बक्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। ‘हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं’, उनले भने।
रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ। पछिल्लो समय दक्षिणी शहर खेरसनबाट मस्को पछि हटेको छ।
युक्रेनका विभिन्न शहरमा एएफपीका पत्रकारहरूले पछिल्लो आक्रमण यस सिजनको पहिलो हिमपातसँगै भएको बताएका छन्। युक्रेनको विद्युत पूर्वाधारमा ठूलो क्षतिका कारण अधिकारीहरूले ग्रिडलाई सन्तुलनमा राख्न बिजुली कटौती गरिरहेका छन्।
एजेन्सी । २०७९ मंसिर ३, शनिबार