![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
काठमाडौं । नेपाल टी–२० लिगको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आगामी मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने पहिलो संस्करणको लिगको खेल तालिका शुक्रबार सार्वजनिक गरेको हो।
पहिलो संस्करणको लिगमा ६ टोलीलेसहभागिता जनाउने छन्। डबल राउण्डमा हुने यस प्रतियोगितामा कुल ३४ खेल हुने क्यानले जनाएको छ। लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
यो लिगको पहिलो संस्करणमा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन्।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७९ मंसिर ३, शनिबार