हुम्लाको एक केन्द्रमा झडप हुँदा रोकियो मतदान

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ।

त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हुम्लाका जिल्ला निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिए।

उनका अनुसार अहिले सर्वदलीय बैठक बसिरहेको छ। जिल्लाभर २० प्रतिशत जिति मत खसेको छ। रानाले बिहान चिसोका कारण केही केन्द्रमा ढिला भए पनि अहिले सबै ठाउँमा मतदान भइरहेको बताए।

५९ वटा मतदान केन्द्र रहेको हुम्लामा ३२ हजार ८५७ मतदाता छन्। यद्यपि निर्वाचन अधिकारीले २५ हजारजति मत खस्ने आकलन गरेका छन्।

बिहानका चिसोका कारण केही मतदानकेन्द्रमा मतदान प्रक्रिया ढिलो सुरु भएको थियो।

तपाईको प्रतिक्रिया