
बर्दिया । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका वार्ड २ शम्भुशरण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बम बिस्पोट भएको छ।
बम विसपोट भएपछि मतदान प्रक्रिया स्थगित भएको छ। हाल मतदानका लागि लाइनमा बसेका मतदाता र कर्मचारी त्रसित रहेकोमा स्थिति सामान्य भएपछि पुनः मतदान सुरु गर्ने तयारी रहेको छ।
बिहान १० बजेर ३० मिनेट सम्मको प्रारम्भिक अनुमान अनुसार जिल्लाभरी २५ प्रतिशत मत खसेको छ।

हरिवंश पाण्डे । २०७९ मंसिर ४, आईतवार