प्रदेशको मतपत्रमा प्रतिनिधिसभाको मत भेटिएपछि सुर्खेतको सिम्तामा मतदान स्थगित

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा मतदान स्थगित भएको छ । सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको हो ।

प्रदेशसभाको मतपत्रमा प्रतिनिधिसभातर्फको एक सय मत खसेपछि विवाद उत्पन्न भएको हाे ।

सर्वदलीय बैठक बाेलाएर मतदान सुचारू गर्ने प्रयास भईरहेकाे सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। हालसम्म सुर्खेतमा ४४ प्रतिशत मत खसेको छ ।

तपाईको प्रतिक्रिया