कर्णालीसहित देशभरका १५ वटा केन्द्रमा रोकियो मतदान

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा आइतवार देशभरका १५ वटा केन्द्रमा मतदान रोकिएको छ।

निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहे पनि केही ठाउँमा तनाव देखिएको छ।

अपरान्ह साढे ३ बजेसम्म देशका १५ मतदान केन्द्रमा मतदान रोकिएको छ। रोकिएका यी मतदान केन्द्रमा मतदान सुचारु गर्न प्रयास भइरहेको आयोगले जनाएको छ।

देशभरमा जम्मा ६३ ठाउँमा मतदान स्थगित भएको थियो। ६३ मध्ये ४८ ठाउँको मतदान सुचारु भइसकेको प्रहरीले जनाएको छ।

प्रदेश १ को १३, मधेश प्रदेशको २, बागमती प्रदेशको १३, गण्डकी प्रदेशका ४ स्थानमा, लुम्बिनी ८, कर्णाली ७ र सुदूरपश्चिमका १५ र उपत्यकाको १ स्थानमा मतदान स्थगित भएको थियो।

जसमध्ये, प्रदेश १ को ११ स्थान। मधेश प्रदेशको २, बागमती प्रदेशको १०, गण्डकी प्रदेशको ३, लुम्बिनी प्रदेशको ७, कर्णाली ६, सुदूरपश्चिम ७ र उपत्यकामा १ स्थानमा मतदान सुचारु भइसकेको थियो।

तपाईको प्रतिक्रिया